उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीको वागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सडकबाटै सरकार चलाउने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पार्टीको वाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताएका हुन ।
मुलुकको राष्ट्रियता, विद्यमान समस्या समाधान गर्दै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आफ्नो पार्टीले सडकबाटै सशक्त भुमिका निर्वाह गर्ने अध्यक्ष घिसिङको भनाई थियो । उनले देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने पनि आफ्नो पार्टीको प्रतिवद्धता रहेको बताए ।
अध्यक्ष घिसिङले आफ्नो पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने जिकिर समेत गरे ।
उनले भने ‘उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ । हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ । सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ । सडकबाट पनि यो देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानकालागि सशक्त भुमिका हामीले निभाउनेछौँ । यो देशको राष्ट्रियता, यो देशको समृद्धि र समस्याको विषयमा हामीले सशक्त रुपले सडकबाट खवरदारी गर्नेछौँ ।
राम्रा कुरालाई समर्थन गर्नेछौँ । नराम्रा, खराब कुरालाई खवरदारी गर्दै देशलाई सही बाटोमा अगाडि बढाउनका लागि हामी सशक्त रुपमा अगाडि बढ्नेछौँ । यो हाम्रो प्रतिवद्धता हो । अब उज्यालो नेपाल पार्टी हामी अब उज्यालो नेपाल पार्टी हामी हारेर पनि सबभन्दा अगाडि उठेको पार्टी हो ।
हामी चुनाव सकिएको केही समयमा नै केन्द्रिय कमिटीको बैठक राख्यौँ । छलफल ग¥यौँ । देशैभरीको उम्मेदवारहरुलाई बोलाएर समिक्षा ग¥यौ । आगामी दिनमा कसरी जाने भनेर एउटा कार्यदिशा पनि बनाएका छौँ । हामीले त्यस विषयमा छलफल गरेका छौँ । र सबै प्रदेशहरुमा हामीले भेलाहरु, तय गरेका छौ । पहिलो भेलाहामी बागमती प्रदेशबाट गर्दैछौँ । १४ गते हामी मधेस प्रदेशबाट भेला गर्दैछौँ ।
त्यस्तै गरेर हामी सात वटै प्रदेशमा भेलाहरु सम्पन्न गर्दैछौँ । त्यसपछि हामी जिल्ला भेला, पालिका भेला र वडासम्मको भेला सम्पन्न गरेर उज्यालो नेपाल पार्टीले अब गाउँटोलसम्म हाम्रो संगठन विस्तार गर्नेछौँ । अब हामी घर दैलोमा पुग्छौ । घरघरमा पुग्छ । र उज्यालो नेपाल पार्टीले आगामी स्थानीय निकाय र प्रदेशको चुनावमा नेपालको सशक्त पार्टीको रुपमा उपस्थित हुन्छौँ ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्