प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण र बैठक सञ्चालनको लागि संघीय संसद सचिवालयले निर्माणाधिन संसद परिसरमा रहेको बहुउद्देश्यीय हल तयार गरेको छ । संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहणको लागि हल व्यवस्थापनको भौतिक कार्य सम्पन्न गरेको हो ।
प्रतिनिधि सभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनकाअनुसार अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिक पक्ष अझै बाँकी रहेको छ ।
सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूरा हुने उनको भनाइ छ । दुई वटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ । उनले अन्य सुरक्षा व्यवस्थापनका कामहरु भने भइसकेको जानकारी दिए । उनले शपथ कार्यक्रम हुनुभन्दा केही घण्टा अघिसम्म व्यवस्थापनको कार्यहरु जारी रहने बताए ।
उनले भने, प्रतिनिधि सभाको सभाकक्ष निर्माण सम्पन्न नभएको कारणले बहुउद्देश्यीय हलमा बैठकहरु बस्ने र सदस्यको शपथ गर्नेगरी विगत १ महिनादेखि हामीले तयारी गरिरहेका छौँ । सिटहरुको व्यवस्थापन भइसकेको छ । रोष्ट्रम, सभामुख, महासचिव, सचिवालय बस्ने ठाउँको पनि व्यवस्थापन गरिएको छ ।
केही कामहरु भने बाँकी छ, भौतिक पूर्वाधारका कामहरु सकिए पनि प्राविधिक पक्षहरुको केही काम भने बाँकी छ । अगाडी दुई वटा चियर बराबर एउटा माईक राखिएको छ, पछाडीतिर भने माईक व्यवस्थापनको थोरै काम बाँकी छ, त्यो भोलि बेलुकासम्म तयार हुन्छ । सुरक्षा व्यवस्थापनको काम पनि सकिएको छ, आवश्यक समन्वय भएको छ । निर्माणको काम शपथ लिनु भन्दा एक दुई घण्टा अगाडीसम्म चलिरहन्छ ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- २सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ३नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने
- ४गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना
- ५निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान



तपाईको कमेन्ट लेख्नुहोस्