निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आईतवार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेका हुन ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जानकारी दिए । उनले यो निर्वाचन विगतका निर्वाचनको तुलनामा सुशासनको सन्दर्भमा समेत राम्रो भएको बताए ।
उनले भने ‘निर्वाचन आयोगको प्रमुख आयुक्तज्यु र माननीय आयुक्तज्युसहित आयोगको समग्र टिम यहाँ आउनुभएको थियो । उहाँहरुले निर्वाचन सम्पन्न गरेको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई उपलब्ध गराउनुभएको छ । यो निर्वाचन पहलिाको भन्दा धेरै राम्रो ढंगले सम्पन्न भयो ।
यो निर्वाचन सुशासनको हिसावले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुश गर्यौं । प्रधानमन्त्रीज्यूले कार्यवाहक प्रमुख आयुक्त र आयुक्तज्युहरु लगायत आयोगको सम्पूर्ण टिमलाई धन्यावाद आभार गर्नुभएको छ ।’
उनका अनुसार निर्वाचन प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद समेत ज्ञापन गरेकी थिइन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्