नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
काठमाडौं । संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२ गते दिउँसो २ बजे शपथ खुवाउने तयारी गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई बोलाइएको पुष्टि गरेका छन् ।
यस पट निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएपछि उनले अन्य सांसदहरूलाई सपथ ग्रहण गराउनेछन् । चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहणका लागि सबै सदस्यहरूलाई संसद् सचिवालयले बोलाउने तयारी गरेको छ ।
संसद् सचिवालयका कर्मचारीहरूले पनि चेत १२ गतेलाई शपथ खुवाउन तयारी गरिरहेको बताउँछन् । सिंहदरबार परिसरस्थित नयाँ संसद् भवनको हलमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । गिरीले बन्दै गरेको नयाँ संसद् भवनमा शपथ कार्यक्रम राखिएको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्