पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताएका छन् । सोमवार ग्लोवल मनी विकलाई सम्बोधन गदैँ पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताएका हुन ।
बैंकबाट लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताए ।
गभर्नर पौडेलले भने–‘पहिलापहिला जमनामा ऋण तिर्न जानेन भने तपाइलाई जिन्दगीभर कमरो बनाइदिन्थे । तपाइले अरुका लागि काम गर्नुपथ्यो । तपाइको बा, हजुरबाले त्यतिबेला राम्रोसँग पैसा चलाउन जान्नु हुँदैन्थ्यो । त्यतिबेला जे गर्छु भनेर पैसा लग्नुभयो, गरेनन् । ऋण सदुपयोग गरेनन् ।
अहिले पनि अरुको पैसा लिएर गएर दुरुपयोग गरियो भने त्यसको क्षति धेरै ठूलो हुन्छ । त्यो बुझ्न एकदमै जरुरी छ । पैसा भनेको राम्रोसँग चलाउने चिज हो । पैसा सदुपयोग गर्ने चिज हो । मेहनत गरेर कमाएको चिज हो । सदुपयोग गरेर चलाउनुपर्छ ।’
गभर्नर पौडेलले पैसा कमाउनु मेहनतको प्रतिफल भएको बताए । उनकाअनुसार मेहनतले कमाएको पैसालाई ख्याल गर्नुपर्छ । अनावश्यक ठाउँमा पैसा खर्च गर्न नहुने उनको भनाइ छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्