Techie IT
  • ४ असोज २०८३, आईतबार
KhojPatrika

समानुपातिकमा पनि रास्वपा नै पहिलो दल, ५७ सिट जित्यो, अरू दलको कति ?


काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा बनेको छ ।

समानुपातिकमा कुल ११० सिट रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट जितेको छ । यसैगरी नेपाली कांग्रेस २० सिट जिती दोस्रो दल बनेको छ ।

नेकपा एमालेले १६ सिट र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट जितेका छन् । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट जितेका छन् ।

विज्ञप्ति जारी गरी निर्वाचन आयोगले उक्त जानकारी दिएको हो ।  त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०, ६१७ मत खसेकोमा १,०८,३५,०२५ (९६.०५) मत सदर भएको थियो  ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्