प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण अवकाशमा जाँदैछन् ।
उनी ६५ वर्षको भएका छन् । सोही कारण न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशका लाग सर्वोच्च अदालतमा ३ वर्ष काम गरेका न्यायाधीशहरू योग्य मानिन्छन् । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना पहिले नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन भर्खरै सकिएकाले संवैधानिक परिषद्ले पूर्णता पाएको छैन ।
अहिले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेताको टुंगो लागेको छैन । संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्