निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् ।
उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र रु ३१र३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा ।
भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै । त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ । त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि ।’ उनले निर्वाचन जसरी पनि हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन् ।
कहीँ कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् । हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने बताइन् । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्याइन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्