कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
रुकुमपश्चिम । नेपाली कांग्रेस मुसिकोट नगर कार्यसमिति रुकुम पश्चिमको बैठकले चुनावी अभियानलाई तिब्रता दिने निर्णय गरेको छ । आइतबार नगर सभापति प्रेम ओलीको अध्यक्षतामा बसेको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो ।
बैठकले फाग्ुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार राजु केसी र समानुपातिकतर्फ उम्मेदवार मानबहादुर नेपालीलाई विजय बनाउने उद्देश्यसहित केन्द्रित रूपमा चुनावी गतिविधि सञ्चालन गर्ने निर्णय गरेको नगर सचिव सूर्य प्रकाश शर्माले जानकारी दिए । जसका लागि नगर उपसभापति लक्ष्मणकुमार शर्माको संयोजकत्वमा ५१ सदस्यीय नगरपालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नगर सभापति प्रेम ओलीको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ, जसमा नगरभित्रका १४ वटै वडाका वडा सभापतिहरू सदस्यका रूपमा रहेका छन् । बैठकले नगरभित्रका सबै १४ वटै वडामा पार्टी संगठन सुदृढीकरण गर्दै वडास्तरमै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सचिव शर्माले जानकारी दिए ।
मतदाता भेटघाटका क्रममा पार्टीको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्ने, स्थानीय जनताका समस्या, गुनासा तथा सुझाव संकलन गर्ने र ती विषयलाई पार्टीको घोषणापत्र तथा भावी कार्यक्रमसँग जोड्ने निर्णय गरिएको छ । युवाहरू, महिला, दलित तथा अल्पसंख्यक समुदायलाई चुनावी अभियानमा सक्रिय रूपमा परिचालन गर्ने, सामाजिक सञ्जाल तथा प्रचार सामग्रीको प्रभावकारी प्रयोग गर्ने र सम्पूर्ण चुनावी अभियानलाई अनुशासित तथा मर्यादित बनाउने निर्णय बैठकले गरेको छ ।
बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, पार्टीका जिल्ला उपसभापति सुरतजंग मल्ल, नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार राजु केसी, नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क) का सभापति तथा मुसिकोट नगरपालिकाका मेयर महेन्द्र केसी, कोषाध्यक्ष मोहविर खड्का, सहसचिव यज्ञबहादुर विष्ट, युवा नेता शिव आचार्य, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै १४ वटै वडाका सभापतिहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्