Techie IT
  • १४ माघ २०८२, मंगलबार
KhojPatrika

यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा


काठमाडौं । यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सवारी लाइसेन्स तयार पारिदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो । यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीको २४ वटा मोबाइल अख्तियारले नियन्त्रणमा लिएको बताएको छ ।

त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीको मोबाइलमा पनि नियन्त्रणमा लिएको छ। उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए ।

नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाको ९ वटा मोबाइल अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूले लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप छ ।

त्यसरी परीक्षामा सहभागी भएका विद्यार्थीको उत्तरपुस्तिका लगायतका कागजात पनि अख्यितारले नियन्त्रणमा लिएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं