राष्ट्रिय सभामा कांग्रेस बन्यो पहिलो दल, गठबन्धनले पायो सार्थकता
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गरेको तालमेलले सार्थकता पाएको छ । १८ पदका लागि भएको निर्वाचनमा तालमेल अनुसार दलीय भागबण्डामा उम्मेदवारहरू नै विजयी भएका हुन ।
कांग्रेस र एमालेबाट ९ र ८ जना निर्वाचित भएका छन् भने बाँकी एउटा पदमा लोसपाका उम्मेदवार महन्थ ठाकुर विजयी भएका छन् । योसँगै राष्ट्रिय सभाका दलीय समीकरण बदलिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् ।
आइतबार निर्वाचित भएकाहरू थपिएसँगै राष्ट्रिय सभामा कांग्रेका सांसद संख्या २५ पुगेको छ । र कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी रहनेछ । जबकी, यसअघि नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा पहिलो दल थियो ।
नेकपा माओवादी (१७) र नेकपा एकीकृत समाजवादी (८) मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि यो पार्टीको राष्ट्रिय सभामा २५ सदस्यीय दल बनेको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका २५ मध्ये ८ जना सांसद् आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनमा यो पार्टीका उम्मेदवारले कतै पनि जितेनन् ।
अब राष्ट्रिय सभामा यो पार्टीको सांसद संख्या १७ मा सीमित हुनेछ । तेस्रोमा नेकपा एमाले रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका १० जना सांसद् छन् । त्यसमध्ये ८ जना आगामी फागुन २० मा बिदा हुँदैछन् ।
आइतबार भएको निर्वाचनबाट ८ जना नै निर्वाचित भएकाले उसको हैसियत यथावत तेस्रो स्थानमा रहनेछ । आगामी फागुनमा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १–१ जना बिदा हुँदैछन् । यसपटकको चुनावमा लोसपाको तर्फबाट एक जना निर्वाचित भएकाले यो दलको राष्ट्रिय सभामा एक जना कायम रहनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्