रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेको साथ
काठमाडौं । नेकपा एमालेले रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई साथ दिने सहमति गरेको छ । अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा शर्मा भारी मतका साथ तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । तर, निर्वाचन अघि माओवादी विभाजन भएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका थिए ।
अहिले सोही प्रलोपाबाट शर्मा चुनावी मैदानमा होमिँदा एमालेसँग तालमेलको सहमति भएको हो । अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार बनेका थिए । उनले १२ हजार ९६९ मत प्राप्त गरेका थिए । जबकि शर्माले ३९ हजार ५४९ मत पाएका थिए ।
समानुपातिककै मत हेर्दा पनि अघिल्लो निर्वाचनमा एमालेको रुकुम पश्चिममा ८ हजार भन्दा बढी मत देखिन्छ । एमालेले रुकुम पश्चिमबाट २०७९ को निर्वाचनमा ८ हजार ७६९ मत पाएका थियो ।
यस्तै कांग्रेसले ८ हजार ७६६ मत पाएका थियो । त्यसबाहेक रास्वपाको पक्षमा २ हजार मत पनि नआउँदा अन्य दलले खासै मत पाएका थिएनन् ।
फागुन २१ को निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवार रहेका छन् । अघिल्लो पटक कांग्रेसको उम्मेदवार नहुँदा यो पटक कांग्रेसको पनि उम्मेदवार रहेका छन् ।
कांग्रेसका राजु केसीको उम्मेदवारी परेको हो । यस्तै एमालेबाट उम्मेदवार रहेका नन्दराम देवकोटाले अब शर्मालाई नै समर्थन गर्नेछन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान
- २रविविरुद्ध जाहेरी दिने कृष्णप्रसाद सहकारी ठगीमै पक्राउ, ८२ लाख हिनामिनाको आरोप
- ३कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी
- ४२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- ५निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश



तपाईको कमेन्ट लेख्नुहोस्