Techie IT
  • १२ माघ २०८२, आईतबार
KhojPatrika

रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेको साथ


काठमाडौं । नेकपा एमालेले रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई साथ दिने सहमति गरेको छ । अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा शर्मा भारी मतका साथ तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए । तर, निर्वाचन अघि माओवादी विभाजन भएर शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका थिए ।

अहिले सोही प्रलोपाबाट शर्मा चुनावी मैदानमा होमिँदा एमालेसँग तालमेलको सहमति भएको हो । अघिल्लो निर्वाचनमा रुकुम पश्चिममा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार बनेका थिए । उनले १२ हजार ९६९ मत प्राप्त गरेका थिए । जबकि शर्माले ३९ हजार ५४९ मत पाएका थिए ।

समानुपातिककै मत हेर्दा पनि अघिल्लो निर्वाचनमा एमालेको रुकुम पश्चिममा ८ हजार भन्दा बढी मत देखिन्छ । एमालेले रुकुम पश्चिमबाट २०७९ को निर्वाचनमा ८ हजार ७६९ मत पाएका थियो ।

यस्तै कांग्रेसले ८ हजार ७६६ मत पाएका थियो । त्यसबाहेक रास्वपाको पक्षमा २ हजार मत पनि नआउँदा अन्य दलले खासै मत पाएका थिएनन् ।

फागुन २१ को निर्वाचनमा रुकुम पश्चिमबाट १२ जना उम्मेदवार रहेका छन् । अघिल्लो पटक कांग्रेसको उम्मेदवार नहुँदा यो पटक कांग्रेसको पनि उम्मेदवार रहेका छन् ।

कांग्रेसका राजु केसीको उम्मेदवारी परेको हो । यस्तै एमालेबाट उम्मेदवार रहेका नन्दराम देवकोटाले अब शर्मालाई नै समर्थन गर्नेछन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं