जाँचबुझ आयोगको म्याद २० दिन थप
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको हो । आयोगले काम नसकेपछि आयोगका अध्यक्ष गौरीशंकर कार्कीले प्रधानमन्त्री सुशीला कार्की समक्ष पुन म्याद थपका लागि अनुरोध गरेका थिए ।
आज मन्त्रिपरिषद्ले निर्णय गरेर २० दिन आयोगको म्याद थप गरेको हो । यसअघि आयोगको गठन गर्दा ३ महिनाभित्र घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार समय दिइएको थियो ।तर तोकिएको समयमा काम नसकिएपछि दोस्रोपटक म्याद थप गरेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्