Techie IT
  • ७ माघ २०८२, मंगलबार
KhojPatrika

प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हने बताएकी छन् । निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागेको स्पष्ट पारेकी छन् ।

सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने र सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित रहेको पनि उनले बताइन् ।

उनले निर्वाचन प्रक्रियामा देखिएको उत्साह र प्रतिबद्धताले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको उल्लेख गरेकी छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं