रुकुम पश्चिममा १२ जना चुनावी मैदानमा,युवा उम्मेदवारले जिल्लामा उत्साह
रुकुमपश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा विभिन्न १२ राजनीतिक दलबाट १२ जनाले मनोनयन दर्ता गराएका छन् । रुकुमपश्चिमको एउटा निर्वाचन क्षेत्रका लागि १२ जना चुनावी मैदानमा उत्रिएका छन् । दुई नेता बाहेक दश जना नयाँ अनुहारका रुपमा प्रतिष्पर्धामा आएका हुन ।
माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका पूर्वमन्त्री जनार्दन शर्मा यसपटक नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसबाट युवा नेता राजु केसी उम्मेदवार बनेका छन् । कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका केसीले जेनजी आन्दोलनले मुलुकमा सुशासनको माग गरेको उक्त पुस्ताको आवाज सम्बोधनका लागि पनि आफ्नो उम्मेवारी रहेको उल्लेख गरेका छन् ।
नेकपा एमालेबाट जिल्ला अध्यक्ष नन्दराम देवकोटा उम्मेदवार छन् । देवकोटा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा गरेका थिए । नेकपाबाट केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा अनल पनि चुनावी मैदानमा आएका छन् ।
उनले जिल्लामा कम्युनिस्ट विरासत जोगाउन रुकुमेली जनताको चाहना र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मानबहादुर शाही, नेकपा माओवादीको तर्फबाट चन्द्र बहादुर बुढा, उज्यालो नेपाल पार्टीको तर्फबाट नरेन्द्र केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्काले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चाका सत्य नारायण श्रेष्ठ, नेकपा (संयुक्त) का शेरबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक र आम जनता पार्टीका प्रेमा परियार नेपालीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्