यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्तादेखि अन्तिम नामावली सार्वजनिक गर्नेसम्को कार्यतालिका सार्वजनिक गरेको छ ।
जसअनुसार मङ्गलवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको प्रवक्ता नारायण भट्टराईले बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
- २कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
- ३शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा
- ४गगनलाई गाली गर्दै एमाले प्रबेशपछि सुनसरी ४ मा टिकट लिएका हुसेनको उम्मेदवारी रद्द
- ५साढे तीन दशकपछि डडेलधुरामा कांग्रेस उम्मेदवार फेरिए, देउवाको ठाउँमा नैनसिंह महर



तपाईको कमेन्ट लेख्नुहोस्