Techie IT
  • ७ माघ २०८२, मंगलबार
KhojPatrika

शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न उनले राजीनामा दिएका हुन् ।

प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मा पाएको सुशीला कार्की सरकारका दुई मन्त्रीले मंगलबार नै राजीनामा दिइसकेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्