गगनलाई गाली गर्दै एमाले प्रबेशपछि सुनसरी ४ मा टिकट लिएका हुसेनको उम्मेदवारी रद्द
काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ ।
जिल्ला अध्यक्ष पर्शुराम यादवका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्सारीलाई दिइएको टिकट रद्द गरेको जानकारी निर्वाचन आयोगमा पठाइने बताएका छन् ।
‘उहाँले हामीलाई फोन गरेर कुसियैत कमरेडले ४ मै उठ्ने र अर्को टिकट रद्द गरिदिन्छु भन्नुभयो’, ओलीसँगको फोन वार्ता सुनाउँदै यादवले भने ।
अन्सारीले आइतबार अध्यक्ष ओलीबाट खादा एमाले प्रवेश गरेलगत्तै चुनावको टिकट पाएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट उम्मेदवार हुँदा २४६ मत पाएका उनी पछिल्लो समय नेपाली कांग्रेसमा आवद्ध थिए ।
एमालेले सुनसरी ४ को उम्मेदवारी सच्याएसँगै अब त्यहाँ कुसियैतको प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग हुने भएको छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस माओवादी सहितको गठबन्धनमा सामेल हुँदा कार्कीले ११२ मतले मात्र कुसियैतलाई हराएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्