Techie IT
  • ७ माघ २०८२, मंगलबार
KhojPatrika

साढे तीन दशकपछि डडेलधुरामा कांग्रेस उम्मेदवार फेरिए, देउवाको ठाउँमा नैनसिंह महर


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नौसिंह महर चुनाव लड्ने भएका छन् । सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् ।

देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो । महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् ।

महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । २०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए ।

करिव ३५ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्