अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
काठमाडौं । सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच आज सम्झौता भएको छ ।
आज पहिलो वार्ता विनानिष्कर्ष भए पनि दोस्रो वार्तामा सहमति जुटेको हो । पहिलो चरणमा प्रधानमन्त्री सुशीला कार्कीसँग प्रसाईंको वार्ता भएको थियो । मन्त्रिपरिषद् बैठकका लागि भन्दै पुनस् छलफल गर्ने गरी प्रधानमन्त्री निस्किएकी थिइन् ।
त्यसपछिको अर्को वार्तामा नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाऊ महाभियानका केन्द्रीय अध्यक्ष प्रसाईंबीच सम्झौता भएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्