बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको बताइएको छ ।
उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ । लगत्तै, त्यहाँबाट उनी मधेश प्रदेश झर्ने बताइएको छ ।
मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता बढाएको उनी निकटस्थहरूले बताएका छन् । मेयर शाहले रास्वपासँग सहकार्य गरेर अघि बढ्ने र आफू प्रधानमन्त्रीको रुपमा निर्वाचनमा जाने सहमति गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्