धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सानेपामा साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोल्नासाथ बैठक स्थगित गरिएको हो ।
गुरुङले विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेको हो ।
बैठक फेरि भोलि बिहान ८ बजे बस्नेगरी बोलाइएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइरहेका बेला शेरबहादुर देउवा पक्षले पार्टी विभाजन रोक्न वार्ता गर्दै आएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्