जनकपुरमा निधिका समर्थकले जलाए महामन्त्री थापाको पुत्ला
काठमाडौं । जनकपुरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पुत्ला जलाइएको छ ।
कांग्रेस नेता विमलेन्द्र निधि निकट युवाहरूले जाकपुरको भानुचौकमा महामन्त्री थापाको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा आज नेता निधिमाथि दुर्व्यवहार भएको भन्दै उनीहरूले थापा विरुद्ध प्रदर्शन गरेका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्