विमलेन्द्र निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता मनिष झाले गरे निन्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि मंगलबार दुर्व्यवहार भएको भन्दै निन्दा गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले प्रदर्शन गरिरहँदा उपसभापति निधिसँग नोकझोक भएको थियो ।
उक्त घटनापछि सामाजिक सञ्जालमा लेख्दै रास्वपा प्रवक्ता झाले नेतृत्वमा नयाँ पुस्ताले दाबी गर्नु स्वाभाविक भएपनि पुराना पुस्ताका नेताप्रति सम्मान कायम राख्नुपर्ने बताएका छन् ।
२०७९ सालमा कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका झाले लेखेका छन्, ‘नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो तर पुरानो पुस्ता प्रति सम्मान यथावत् रहनुपर्छ ।
तसर्थ आज ललितपुर सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस नेता विमलेन्द्र निधी माथि भएको दुर्व्यवहार निन्दनीय छ । म खेद व्यक्त गर्दछु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्