जाँचबुझ आयोग निवासमै आएपछि केपी शर्मा ओलीले दिए लिखित जवाफ
काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धमा छानबिनका लागि बनेको जाँचबुझ आयोग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै पुगेर बयान लिएको छ ।
आयोगले सोधेका प्रश्नहरुको ओलीले लिखित जवाफ दिएर पठाएको बताइएको छ । जाँचबुझ आयोगलाई बयान नदिने अडान ओलीले लिँदै आएका थिए । आफ्नो निवासमै आएमा चिया खुवाएर पठाउने उनले बताएका थिए ।
नभन्दै आयोगका कर्मचारी लिखित प्रश्नहरु लिएर गुण्डुमै पुगेका हुन । ओलीले प्रश्नको लिखित जवाफ दिएका हुन । आफ्नो जवाफमा ओलीले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निस्पक्षतामा प्रश्न उठाएका छन् ।
कार्कीले घटनाबारे आफ्नो फैसला पहिल्यै सुनाइसकेकाले छानबिनको औचित्य नै नरहेको उनको भनाइ छ । जेन–जी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन पूर्वप्रधानमन्त्रीलाई प्रश्नसहितको पत्र पठाएको थियो ।
ओलीसहित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि विभिन्न प्रश्न सोधेर पत्र पठाइएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्