समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस १३ र १४ गते दलहरूले बुझाएको बन्दसूचीको नाम दुई वटा अवस्थामा परिवर्तन गर्न पाइने जनाएको छ । आयोगले निर्वाचन तयारीबारे शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।
बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न मिल्ने नमिल्नेबारे व्यापक चासो रहेको भन्दै दुई वटा अवस्थामा मात्र नाम परिवर्तन गर्न मिल्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । ‘बन्दसुचि परिवर्तन हुन्छ हुँदैन, नाम फेर्न पाइन्छ पाइँदैन भन्ने कुरामा आम जिज्ञासा रहेको पाइन्छ ।
नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा’, प्रवक्ता भट्टराईले भने, ‘एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’
पुस २८ गते सम्बन्धित उम्मेदवारले नाम फिर्ता लिन चाहनेलाई समय दिएको बताएको छ । ‘नाम फिर्ता लिएको अवस्थामा आयोगले सम्बन्धित दललाई सूचना गर्नेछ जसले त्यो ठाउँमा अर्को व्यक्ति दलले पठाउन पाउनेछन्’, भट्टराईले भने, ‘बन्दसूचीको प्रारम्भिक नामावली माघ ४ गते सार्वजनिक गर्नेछौ भने अन्तिम नामावली माघ २० गते प्रकाशित गरिनेछ ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्