नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने
काठमाडौं । नेपाल निर्यात परिषदले १० औँ निर्यात दिवस मनाउने भएको छ । निर्यात परिषद्को २८ औँ वार्षिक साधारण पारेर दिवस मनाउने तयारी गरिएको छ । नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण तथा १० औँ निर्यात दिवसका बारेमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात दिवसमा निर्यात क्षेत्रसँग सरोकार राख्ने सरकारी, निजी, विदेशी तथा अन्य निकायहरुको उपस्थिति रहने जानकारी दिएका हुन ।
उनले निर्यात क्षेत्रसँग सम्बन्धित सरोकारका विषयहरुको बारेमा उजागर गर्न र नीति निर्माण तहमा रहेका राज्यका निकायलाई झक्झक्याउन पनि महत्वपूर्ण भुमिका खेल्नेछ ।
नेपाल निर्यात परिषद् तथा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको लागत साझेदारीमा आयोजना गरिने निर्यात दिवस २०८२ को प्रमुख उद्देश्यहरू नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्वबारे नीति निर्माता, निजी क्षेत्र र आम नागरिकमा चेतना अभिवृद्धि गर्ने, सरकार र सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गर्ने पनि जनाएको छ ।
निर्यात प्रवद्र्धनमार्फत उत्पादनमुखी, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पु¥यायाउने, हस्तकला, कृषि, घरेलु तथा साना–मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै नेपाली उत्पादनको पहिचानमा सुदृढ गर्ने, निर्यात व्यापारमा देखिएका नीतिगत, संरचनागत तथा व्यवहारिक समस्या, चुनौती र अवसरवारे सरोकारवालाबीच खुला संवाद र छलफलको वातावरण सिर्जना गर्नुरहेको श्रेष्ठको भनाई छ ।
श्रेष्ठले देशको आर्थिक विकास र अर्थतन्त्रको वृद्धिका लागि निर्यात व्यापारले महत्वपूर्ण भुमिका खेल्ने गरेको समेत बताए । निर्यात व्यापारबाट देशमा उत्पादन, रोजगारी, आम्दानी तथा पूँजी प्रवाहमा सिधा तथा सकारात्मक प्रभाव पर्ने हुदाँ यसलाई अर्थतन्त्रको चालकका रुपमा मान्नुपर्ने उनको भनाई छ ।
उत्पादन, रोजगारीका पक्षमा ध्यान दिन नसक्दा नदिँदाको परिणाम स्वरूप नेपालले हरेक दशकमा राजनीतिक आन्दोनलन तथा उथलपुथलको सामना गर्नुपरेको उनले बताए ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्