बालेन र रवि दाग लागेका व्यक्ति हुन् : प्रकाशशरण महत
काठमाडौं । नेपाली काँग्रेस पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौँ महानगरका प्रमुख बालेन साह र रास्वपा दाग लागेका व्यक्ति भएको बताएका छन् ।
आइतवार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीबारे छलफल भइरहेको उनले जानकारी दिए ।
यसैबीच आगामी प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूची सोमवार निर्वाचन आयोगमा बुझाउने उनले जानकारी दिएका छन् । सूची तयार गरी भोलिसम्म आयोगलाई बुझाउने बताए ।
समानुपातिक सूचीबाट ११० जना सांसद चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्