बालेन र रवि दाग लागेका व्यक्ति हुन् : प्रकाशशरण महत
काठमाडौं । नेपाली काँग्रेस पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौँ महानगरका प्रमुख बालेन साह र रास्वपा दाग लागेका व्यक्ति भएको बताएका छन् ।
आइतवार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीबारे छलफल भइरहेको उनले जानकारी दिए ।
यसैबीच आगामी प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूची सोमवार निर्वाचन आयोगमा बुझाउने उनले जानकारी दिएका छन् । सूची तयार गरी भोलिसम्म आयोगलाई बुझाउने बताए ।
समानुपातिक सूचीबाट ११० जना सांसद चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्