Techie IT
  • १३ पुस २०८२, आईतबार
KhojPatrika

आशिका तामाङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने


काठमाडौं । सामाजिक अभियन्ताबाट चर्चित भएकी आशिका तामाङले आफू प्रत्यक्षमा चुनाव लड्ने बताएकी छन् । उनलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेदवार बन्न रास्वपा नेता एवं काठमाडौंका मेयर बालेन शाहले प्रस्ताव गरेका थिए ।

आइतबार दिनभर बालेनले समानुपातिकका आकांक्षी र आफूले प्रस्ताव गरेका सदस्यहरूसँग छलफल गरेका थिए । सो क्रममा उनले तामाङसँग पनि छलफल गरेका हुन् ।

आइतबार साँझ बालेन निकट टिमसँग बसेर आशिकाले छलफल गरेकी छिन् । बालेनसँग छलफल गर्नुअघि उनले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोल बनाएर मत मागेकी थिइन् ।

सो क्रममा ९२ प्रतिशतले नै प्रत्यक्ष लड्न सुझाव आएकाले आफू समानुपातिकमा इच्छुक नभएको उनले बालेनसमक्ष बताइन् । कहाँबाट उठ्ने भन्ने चाहीँ फिक्स भइसकेको छैन ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं