Techie IT
  • १२ पुस २०८२, शनिबार
KhojPatrika

जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव


काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहीहरूलाई अपराधी करार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले उक्त आरोप लगाएका हुन् । महासचिव विप्लवले जेनजी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले काँग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर जेनजी विद्रोहीहरूलाई अपराधी करार गर्ने काम गरिरहेकाले देशको अवस्था बेहाल हुन पुगेको जिकिर गरे ।

विभिन्न फुटेज हेरेर काँग्रेस, एमालेका कार्यकर्ताहरूले मेरो घर जलाएको रहेछ भन्न लगाएर सरकारले जेनजी विद्रोहीलाई घुमाउरो पाराले अपराधी बनाउने कोसिस गरिरहेको उनको भनाइ थिए ।

महासचिव विप्लवले जेनजी विद्रोह असफल भइसकेको र त्यसमा सरकारको भूमिका रहेको दाबी गरे । विगतमा विद्रोहलाई पनि आतंककारी भनेर बदनाम गर्न खोजिएको भन्दै महासचिव विप्लवले अहिले जेनजी विद्रोहलाई पनि बदनाम गराउने काम भइरहेको बताए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं