आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले आफू उम्मेदवार नबन्नेबारे झापाको क्षेत्रीय समितिलाई जानकारी गराइसकेको बताएका हुन् ।
‘लगातार ३ पटकसम्म उम्मेदवार बनिसकेकाले यो पटक उम्मेदवार बन्दिन भनेर झापाको मेरो क्षेत्रका साथीहरूलाई भनिसकेको छु ।
गत चुनावमा म आफ्नो क्षेत्रमा सिमित थिए, अबको चुनावमा देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु’शर्माले भनेका छन् ।
उनले अबको चुनावमा अनुहार बदलेर बढीभन्दा बढी युवा र नयाँ अनुहारलाई कांग्रेसले अवसर दिनुपर्ने पनि बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्