Techie IT
  • ७ पुस २०८२, सोमबार
KhojPatrika

सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटको घडीको रुपमा लिन नहुने बताएकी छिन् । सोमबार सिंहदरबारमा आयोजना गरिएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचनलाई परिवर्तनको मार्गको रुपमा बुझ्न आग्रह गरिन् ।

‘निर्वाचन भनेको हाम्रो लागि कुनै संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले नै हौ,’ उनले भनिन् । उनले अहिलेको चुनौतीको रुपमा युवा वर्गलाई फ्रन्टमा ल्याउनुपर्ने बताइन् । ‘अचानक यो परिस्थिति आयो ।

भदौ २३ र २४ गते सोचसमचभन्दा बाहिरको घटना जे घट्यो । जुन हामी परिकल्पना समेत गरेका थिएनौं । सिंगो राष्ट्रले एउटा परिवर्तनको महसुस गर्‍यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने, उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने भावना आयो ।

देशको सर्वैसर्वा भनेको जनता नै रहेको उनले बताइन् । ‘कुनै पनि राजनीतिक दलभित्र भागबन्डा मिल्यो भने त्यसको तनाव जनतालाई दिन हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दल भनेको सेकेन्डरी कुरा हो ।

जनता के चाहन्छरु अहिलेको माग के हो रु जेनजी आन्दोलनमा बालक मारिए, त्यसले त जनतामा प्रभाव परेको छ नि त । हामीले के का लागि परिवर्तन गर्ने रु जेनजीले के खोजेको, युवा पुस्ताले के खोजेको भन्ने त बुझ्नुपर्‍यो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं