तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको मुद्दाको पेशी बुझ्न आज जिल्ला अदालत काठमाडौं पुगेका छन् ।
अदालतमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले केपी ओलीले लगाइदिएको गुन तिर्न आएको भन्दै व्यंग्य मिश्रित प्रतिक्रिया दिएका छन् ।
ओलीले हालै एक अन्तरवार्तामा आफूले रविलाई धेरै गुन लगाएको तर रविले आफ्नो विरोध मात्रै गरेको गुनासो सुनाएका थिए । त्यसमा जवाफ दिँदै रविले सो प्रतिक्रिया दिएका हुन् ।
लामिछानेले भने, ‘केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही तिर्न आएको हुँ ।’ सातवटा जिल्लामा तारखेका लागि धाउनुपर्ने भन्दै उनले जिउभरि किला ठोकेजस्तो भएको बताए । ‘जिउभरि किला ठोकेजस्तो भएको छ ।
७ दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर गर्नुपर्ने हुन्छ । तारिख मिलाउनुपर्ने हुन्छ । अर्काले तारिख लिइसक्या होला । दौडादौड चलिराख्या छ । बिष शरीरभरि बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्