Techie IT
  • ७ पुस २०८२, सोमबार
KhojPatrika

तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको मुद्दाको पेशी बुझ्न आज जिल्ला अदालत काठमाडौं पुगेका छन् ।

अदालतमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले केपी ओलीले लगाइदिएको गुन तिर्न आएको भन्दै व्यंग्य मिश्रित प्रतिक्रिया दिएका छन् ।

ओलीले हालै एक अन्तरवार्तामा आफूले रविलाई धेरै गुन लगाएको तर रविले आफ्नो विरोध मात्रै गरेको गुनासो सुनाएका थिए । त्यसमा जवाफ दिँदै रविले सो प्रतिक्रिया दिएका हुन् ।

लामिछानेले भने, ‘केपी ओलीजीले गुन लगाइदिनुभएको छ, त्यही तिर्न आएको हुँ ।’ सातवटा जिल्लामा तारखेका लागि धाउनुपर्ने भन्दै उनले जिउभरि किला ठोकेजस्तो भएको बताए । ‘जिउभरि किला ठोकेजस्तो भएको छ ।

७ दिनभित्र बाँकी सबै अदालतमा गएर हाजिर गर्नुपर्ने हुन्छ । तारिख मिलाउनुपर्ने हुन्छ । अर्काले तारिख लिइसक्या होला । दौडादौड चलिराख्या छ । बिष शरीरभरि बाँकी नै छ, त्यसका लागि तयारी गर्दैछु ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं