Techie IT
  • ७ पुस २०८२, सोमबार
KhojPatrika

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ को निर्वाचनका लागि प्रतिनिधि सिफारिसमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

राप्रपाको आज बसेको क्षेत्रिय समितिको बैठकले प्रत्यक्षतर्फ पशुपतिशम्शेर राणासहित ४ जना र समानुपातिकमा प्रा.डा.जयन्तनाथ खनालसहित ६ जना सिफारिस भएको स्पष्ट पार्दै सामाजिक संजाल र केही सञ्चार माध्यममा आएका सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

क्षेत्र नम्बर १ बाट पुस १ गते नै निर्णय गरेर सिफारिस केन्द्रीय कार्यालयमा दर्ता गरिएको जानकारी गराउँदै बैठकले पूर्ववतः निर्णयमा कुनै फेरबदल नभएको र सोही निर्णयमा प्रतिबद्ध रहेको जनाएको छ ।

बैठकमा राप्रपाका केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठ, समिति सदस्य रामेश्वर श्रेष्ठ, बाग्मती प्रदेश ख का अध्यक्ष भिमसेन पूरी, समिति सदस्य, विनोद दवाडी, वडा नम्बर १० का अध्यक्ष सरोजजंग थापा, वडा ३१ का अध्यक्ष चमन कोइराला, वडा ११ का अध्यक्ष अम्बिका अर्याल, वडा २९ का अध्यक्ष रिना शाही वली, वडा सदस्य २९ का शक्ति चौंलागाईं, वडा २९ का विपिन वली र वडा ३१ सचिव रामकिशोर सहभागी थिए ।

१६ सदस्यीय समितिमा ११ सदस्यको बहुमतले यो निर्णय गरेको हो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं