Techie IT
  • ६ पुस २०८२, आईतबार
KhojPatrika

सहकारी ठगी प्रकरणः छविलाल जोशी पनि धरौटीमा रिहा


काठमाडौं । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन् ।

थुनाबाहिर बस्न पाउनु भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुनः जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो ।

आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनी थुनामा थिए । उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं