प्रधानमन्त्री कार्की र रवि लामिछानेबिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो ।
भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहभागी थिए ।
लामिछाने धरौटीमा रिहा भएपछि पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । आइतबार दिउँसो मात्रै पार्टी कार्यालयमा सम्बोधन गर्ने क्रममा लामिछानेले सरकारको साथमा आफू नेतृत्वको पार्टी रहेको अभिव्यक्ति दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्