एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक यही पुस २६, २७ र २८ गते बस्ने भएको छ । शुक्रवार बसेको पार्टीको नवनिर्वाचित केन्द्रिय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्दिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले केन्द्रिय सल्लाहकार परिषद् पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय पनि गरेको छ । ११ औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ता भित्र प्रकाशन गरी पार्टीको सबै कमिटीहरुमा पठाउने प्रश्ताव पनि बैठकले पारित गरेको उपमहासचिव भट्टले बताए ।
बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रिय सचिवालयलाई समेत दिएको छ ।
उपमहासचिव भट्टले भने,‘ विधान संशोधन, जो भयो । त्यसको सम्पादन र प्रकाशन एक हप्ताभित्रै त्यसलाई प्रकाशन गरेर सम्बन्धित सबै पार्टी कमिटीहरुमा पु¥याउने भन्ने छ । अर्को कार्य विभाजनको निमित्त सचिवालयले अख्तियारी लिएको छ । र केन्द्रिय सल्लाहकार परिषद गठन गरेको छ । केन्द्रिय कमिटी बैठक यही पौष २७, २७ र २८ गते आयोजना गरेको छ ।’
एमालेले पार्टीको एघारौं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको निष्कर्ष निकाल्दै त्यस काममा सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ
- २रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणीः सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्
- ३उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- ४कलाकार बले हाजिरी जमानीमा रिहा
- ५रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्