रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन् । रास्वपाका नेता गणेश पराजुलीले लामिछाने भरतपुर हुँदै भैरहवा जान लागेको जानकारी दिए ।
लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका थिए । बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् ।
लामिछानेलाई उच्च अदालत बुटवलका न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्