एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेपछि नेतृत्वको औचित्यतामाथि पार्टीभित्रैबाट प्रश्न खेपिरहेका केपी शर्मा ओली ११ औं महाधिवेशनबाट अध्यक्षमा पुनः अनुमोदित भएर फर्केका छन । नेकपा एमालेको अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित भएका हुन । उनले यसअघिका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् । २ हजार २२७ जम्मा मत खसेकोमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५ सय ६४ मत ल्याए । ओलीले पछिल्लो एक दशकमा चारपटक प्रधानमन्त्री बनेर करिब ६ वर्ष शासन सत्ता चलाएका छन् ।
अनि दुई कार्यकाल एमाले अध्यक्ष बनेर पार्टीको सत्ता पनि हाँके । २०२३ सालबाट माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेपछि राजनीतिमा होमिएका पुराना नेता भएपनि ओली लामो समय पार्टीभित्र विपक्षी कित्तामा रहेका थिए । यस्तै, महासचिवमा शंकर पोख्रेल वियजी भएका छन् । पोख्रेलले १ हजार २ सय २८ मत ल्याउदा सुरेन्द्र प्रसाद पाण्डेले ९ सय ९९ मत ल्याए । पोखरेल एमालेको वैचारिक नेता, रणनीतिकार र ओलीका सबैभन्दा भरोसायोग्य नेता मानिन्छन । २०१९ फागुन १५ गते दाङको तुलसीपुर–१९, हाडिमेमा जन्मिएका पोखरेलले विद्यार्थी राजनीतिवाट पार्टी राजनीतिलाई अघि बढाएका हुन ।
५ जना उपाध्यक्षमा पृथ्वी सुव्वा गुरुङ, रामबहादुर थापा, गोकर्ण विष्ट, विष्णु पौडेल र रघुजी पन्त विजय भएका छन् । ३ जना उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई, रघुविर महासेठ विजयी भएका छन् । यी मध्ये भट्टराई पोखरेल पक्षका हुन् । यस्तै, ९ जना उपमहासचिवमा सबै ओली पक्षका नेताहरू विजयी भएका छन् । विजयी हुनेमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यमलाल कडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की रहेका छन् ।
दुई प्यानलबीच प्रतिस्पर्धा भएपनि ईश्वर पोखरेल प्यानलबाट पदाधिकारी तहमा जम्मा दुई जना मात्र विजयी भएका छन् । ईश्वर प्यानलबाट उपाध्यक्ष पदमा गोकर्ण विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई निर्वाचित भएका हुन् । बाँकी पदाधिकारीमा ओली प्यानलका उम्मेदवारहरूले सहज जित निकालेका हुन । यसपटक एमालेको पदाधिकारीमा ८ जनाले डेब्यू गरेका छन् । उपाध्यक्षमा निर्वाचित भएका रघुजी पन्त पदाधिकारीमा नयाँ हुन् । उनी पहिलोपटक उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै, अन्य ७ जना सचिवहरू पनि पहिलोपटक पदाधिकारी टिममा इन्ट्रि गरेका छन् । जसमा भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत छन् । उनीहरू सबै पहिलोपटक पदाधिकारीमा निर्वाचित भएका हुन् । एमालेको इतिहासमै पहिलो पटक कर्णालीले सचिवमा निर्वाचित यामलाल कँडेलका कारण पदाधिकारी पाएको छ । ओलीका विश्वास पात्र विष्णु रिमाल भने उपमहासचिवमा पराजित भए । उनी यसअघि उपमहासचिव थिए । केन्द्रीय सदस्यमा पनि रिमाल पराजित भएका छन । यो महाधिवेशनले ओलीलाई थप ५ वर्षका लागि नेतृत्व दिए पनि ओली चुनौती रहित भने छैनन । संगठन सुदृढीकरण, जेनजी आन्दोलनले उठाएका प्रश्न र शासकीय अव्यवस्थाका धेरै प्रश्नका उत्तर उनले दिनुपर्नेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्