रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आफनै निर्वाचन क्षेत्र काठमाडौं १ मा उपेक्षित भएका छन । पार्टीको वडा अधिवेशनका क्रममा सो निर्वाचन क्षेत्रमा पर्ने चार वटै वडाको अधिवेशनमा उनलाई नबोलाइएको हो ।
वडा नम्बर ३१, वडा नम्बर २९, वडा नम्बर १० र वडा नम्बर ११ को अधिवेशनमा मिश्र बिना नै अधिवेशन सम्पन्न भएको छ । वडा ३१ को अधिवेशनले चमन कोईरालाको अध्यक्षतामा सर्वसम्मत रुपमा वडा समिती चयन गरेको छ ।
यस्तै, वडा नम्बर १० मा सरोज जंग थापाको नेतृत्वमा सर्वसम्मत वडा समिती गठन भएको छ । वडा नम्बर २९ मा रीना वलीको अध्यक्षतामा कार्यसमिती गठन भएको छ । वडा नम्बर ११ मा सर्वसम्मत रुपमा अम्विका अर्यालको नेतृत्वमा समिति गठन भएको छ ।
कुनै पनि अधिवेशनमा आफूलाई नबोलाएपछि मिश्रले कार्यसम्पादन समिति बैठकमा गुनासो गरेको बताइएको छ । उनको गुनासोलाई बैठकमा कसैले गम्भीरतापूर्वक नलिएपछि उनी रुष्ट भएको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्