मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिने प्रचण्डको दाबी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको बाछिटा अन्य प्रदेशमा पनि पुग्ने दाबी गरेका छन् ।
मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताएका हुन ।
उनले भने, ‘मधेशबाट सुरु भएको नयाँ समीकरण अव सबै प्रदेशमा देखिन्छ । मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको छ ।’
जेनजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको बताए । सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने बताए ।
एमालेभित्र रहेका वामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिस्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनको भनाइ छ । मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिस्ट सरकारले नै गर्ने जिकिर गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्