सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ । बुधवार सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सो पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष,धाँधलीरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो ।
सो निर्वाचनमा विदेशमा रहेका मतदाताहरुले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेता सुदन किराँतीले बताए । त्यसैगरी १८ वर्षमा नै निर्वाचनमा उम्मेदवार बन्न पाउने कानूनी व्यवस्था गर्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ ।
जेन–जीहरुले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने, भदौ २४ गतेको घटनालाई संक्रमणकालीन न्यायको सिद्धान्तको आधारमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका मागहरु पनि आफूहरुले सरकारसँग राखेको नेता किराँतीले बताए ।
उनले भने, ‘जेनजीहरुले उठाएका न्यायपूर्ण मागलाई पूरा गरियोस भन्ने हाम्रो माग छ । भाद्र २४ गतेको प्रकृति र विशिष्ट परिस्थितिमा भएका घटनाहरुलाई निष्पक्ष र पूर्वाग्रहरहित तवरले छुट्टयाई अभियोजन गर्नैपर्ने घटनालाई मात्रै अभियोजन गर्ने र अन्य घटनालाई संक्रमणकालीन न्यायका आधारभुत सिद्धान्त अनुरुप सम्बोधन गरियोस् लगायतका हाम्रा माग छन् ।
आर्थिक तथा सामाजिक न्याय सम्बन्धमा यो कृषि क्षेत्रमा ठूलो बजेट विगतमा हिनामिना भएको छ । त्यसको खोजवीन होस । समयमा किसानले मल विउ पाओस । कोभिड पछाडि जसरी आर्थिक मन्दी भयो । साना व्यापारीहरुलाई एक ढंगले ऋणको पासो लागेकोछ ।
उनीहरुलाई राहत दिइयोस । यो सहकारी ठगी, मिटरब्याजी र लघुवित्तमा राजनीतिक संरक्षण पाएर बेइमानहरुले नागरिकलाई दुःख दिएको छ । त्यसको पनि उचित छानविन गरी छिटो भन्दा छिटो कानूनको दायरामा आउनुपर्छ भन्ने हाम्रो माग छ । वैदेशिक रोजगारमा जानेहरुलाई श्रम स्विकृति गर्ने झन्झटिलो प्रथाको अन्त्य होस । भ्रष्टाचार विरोधी र सुशासन संस्थागत गर्ने भ्रष्टाचार सम्बन्धि छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरियोस ।
यो जेनजीहरुको माग पनि थियो । भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गरियोस् । फागुन २१ गतेको निर्वाचन सम्बन्धमा घोषित निर्वाचन निष्पक्ष, धाँधलीरहित शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति सरकारको तर्फबाट वातावरण बनाइयोस् । विदेशमा रहेका मतदाताहरुलाई पनि मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस । १८ वर्षमा नै निर्वाचनमा उठन पाउने व्यवस्था गर्न पनि माग गरिएको छ ।’
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्