ओलीको आग्रहः प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ, सकेसम्म सहमतिमै जाऔं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला भएको दाबी गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
एमालेले मतदान नै नगरेर सर्वसम्मती गर्नुपर्छ भन्ने नाममा कसैलाई पनि नरोक्ने उनको भनाइ थियो । ‘मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मतीले गर्नुपर्छ भन्ने नाउँमा कसैलाई अघि बढ्नैन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन ।
रोक्ने सोक्ने कुनै कुरै होइन,’ ओलीले भने, ‘प्रतिस्पर्धा खुला हुन्छ, प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउँछ । त्यसका लागि ठाउँ हुन्छ ।’ तर, सकेसम्म सहमतिकै साथ अघि बढ्नुपर्ने ओलीको भनाइ थियो । ‘तर अध्यक्षका हैसियतले मैरो के आग्रह हुन्छ भने जसले छाड्नुपर्छ सहमतिका साथले नै गरौं, जो बस्नुपर्छ सहमतिका साथ बसौं ।
सहमितबाटै गरौं,’ ओलीले भने । उनले एमालेमा आन्तरिक लोकतन्त्र नै नभएको भन्दै होच्याउने काम भएको भन्दै अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि आग्रह गरे । ‘भन्ने गर्छन्, एमालेमा डेमोक्रेसी छैन, चुनाव नै गर्दैन । कसैलाई चुनाव लड्न दिएन भन्दा मेरो आग्रह छ एकताबद्ध भएर जाऔं ।
एक अर्काप्रति खुइलाउने, होच्याउनेजस्ता काम किन गर्नु । नगरौं । सम्मानपूर्वक ढंगले चल्ने कामको स्थापना गरौं । अस्वस्थ खालको कुनै प्रतिस्पर्धा नगरौं,’ ओलीले भने, ‘प्रतिस्पर्धालाई हामी नराम्रो मान्दैनौं । प्रतिस्पर्धाको तरिका हामीले रोजेर नै ल्याएका हौं । प्रतिस्पर्धा गर्न सबैलाई छुट छ ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्