प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैनः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री एवं त्रिभूवन विश्वविद्यालय (त्रिवि) का कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताएकी छन् । विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उनले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताएकी हुन ।
बुधवार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफूपनि सहमत रहेको समेत उल्लेख गरिन । प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पु¥याउन सक्ने अवस्था नरहेको तर्क समेत गरे । उनले विश्वविद्यालयलाई आफैँ फुल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी रहेको समेत बताए ।
प्रधानमन्त्री कार्कीले भने, ‘अब हामीले हरेक कुराको विकासलाई हेर्नुपर्छ । अब यो हेर्ने तपाईहरुले हो । हामी दृष्टि पु¥याउन सक्दैनौ । एउटै प्रधानमन्त्रीले सारा डोकोभरी सबै भारी बोकेर हिँड्न सक्दैन । त्यसैले यो स्वायत्तताको कुरा जुन उठेको छ । पुनजीले उठाईरहनुभएको छ ।
उहाँ कोशिसमा हुनुहुन्छ । प्रयत्नमा हुनुहुन्छ । त्यो हुनुपर्छ भन्ने मलाई लाग्छ । पहिले हुर्किदाको पानी हाल्ने त । हुर्कीसकेपछि त आफै फुल्छ, आफै फल्छ । आफै गर्छ भन्नेतिर जानुपर्छ ।’
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्