Techie IT
  • ११ मंसीर २०८२, बुधबार
KhojPatrika

कुलमानको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता सुनारको ‘हाम्रो नेपाल पार्टी’ले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने


काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको‘ हाम्रो नेपाल पार्टी’ ले एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् ।

अगामी आम निर्वाचनामा ‘उज्यालो नेपाल पार्टी’को ‘उज्यालो नेपाल पार्टी’ बिजुलीको चिम चिन्हमा चुनाव लड्ने भएका हुन् । कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइट’ चुनाव चिन्ह निर्वाचन आयोगबाट लिएका थिए । तर, प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि साझा चुनाव चिन्हको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पत्रकार सम्मेलनका क्रममा सुनारले अहिले निर्वाचनका लागि एक भएको र योजना, रणनीतिहरु मिलेसँगै पार्टी एकता टाढाको कुरा नभएको समेत बताएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं