कुलमानको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता सुनारको ‘हाम्रो नेपाल पार्टी’ले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको‘ हाम्रो नेपाल पार्टी’ ले एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् ।
अगामी आम निर्वाचनामा ‘उज्यालो नेपाल पार्टी’को ‘उज्यालो नेपाल पार्टी’ बिजुलीको चिम चिन्हमा चुनाव लड्ने भएका हुन् । कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइट’ चुनाव चिन्ह निर्वाचन आयोगबाट लिएका थिए । तर, प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि साझा चुनाव चिन्हको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पत्रकार सम्मेलनका क्रममा सुनारले अहिले निर्वाचनका लागि एक भएको र योजना, रणनीतिहरु मिलेसँगै पार्टी एकता टाढाको कुरा नभएको समेत बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्