नेपाल प्रज्ञा प्रतिष्ठानमा जेन दर्शन र नेपाली कविताबारे विचार गोष्ठी
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा जेन दर्शन र नेपाली कविताः आदिम सम्बन्ध र पुनर्जागरणको प्रश्न विषयक एक दिने विचार गोष्ठी गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि रहेका थिए ।
जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक साहित्यकार तथा प्राध्यापक महेश पौडेलले मुख्य कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि कवि साहित्यकार तथा प्राध्यापक प्रा.डा. जीवलाल सापकोटा र निबन्धकार समालोचक तथा प्राध्यापक कुमारी लामाले टिप्पणी गरेका थिए ।
सदस्य सचिव डा. धनप्रसाद सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपकुलपति विमल निभा, दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारी, भाषा आयोगका सदस्य मातृका पोखरेल, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनील कुमार पौड्याललगायत सात दर्जन लेखक साहित्यकारको सहभागिता रहेको थियो ।
कवि सिर्जना शर्माको सहजीकरणमा भएको कार्यक्रममा जरा फाउन्डेसन नेपालले माघभित्र जेन कविता प्रतियोगिता आयोजना गर्ने तथा विविध पुरस्कार प्रदान गर्ने घोषणा समेत गरेको छ।
सन् २००६ मा स्थापित जरा फाउन्डेसन नेपालले सामाजिक र साहित्यिक गतिविधिहरू, छलफल, सेमिनार, गोष्ठी तथा स्वदेश र विदेश भ्रमण गर्दै आइरहेको छ । कवि, पत्रकार, चित्रकार, गायक र संगीतकारहरूको साझा मञ्च रहेको यो संस्थाले नेपाली साहित्यमा जेन दर्शनको प्रभाव र महत्त्वबारे चर्चा थाल्ने प्रयास गरेको छ।

क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल, साहित्य
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्