कांग्रेसको बैठकले संसारका कीर्तिमान भंग गरिसक्योः गुरु घिमिरे
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको उल्लेख गर्दै आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको बताए ।
उनले भने ‘संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बसेको रहेछ । जम्मा २३ दिन । हाम्रो डेढ महिना पुग्दैछ । संसारका कीर्तिमान हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि असोज २८ गते सुरु भएको बैठक, आज महिनाको हिसाबले त (असोज, कात्तिक, मंसिर) महिना गणना गर्दा त तीन महिना र दिन हिसाब गर्दा डेढ महिना बस्दा पनि हामी निष्कर्षमा पुग्न सकेका छैनौं ।’
बल्लतल्ल अहिलेसम्म निर्वाचन आयोगमा पार्टी दर्ता गराउन मात्रै सफल भएको उनको भनाइ छ । ‘बल्लतल्ल हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरायौं । त्यसपछि निर्वाचनमा भाग लिने भयौं,’ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्