Techie IT
  • ११ मंसीर २०८२, बुधबार
KhojPatrika

कांग्रेसको बैठकले संसारका कीर्तिमान भंग गरिसक्योः गुरु घिमिरे


काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको उल्लेख गर्दै आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको बताए ।

उनले भने ‘संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बसेको रहेछ । जम्मा २३ दिन । हाम्रो डेढ महिना पुग्दैछ । संसारका कीर्तिमान हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि असोज २८ गते सुरु भएको बैठक, आज महिनाको हिसाबले त (असोज, कात्तिक, मंसिर) महिना गणना गर्दा त तीन महिना र दिन हिसाब गर्दा डेढ महिना बस्दा पनि हामी निष्कर्षमा पुग्न सकेका छैनौं ।’

बल्लतल्ल अहिलेसम्म निर्वाचन आयोगमा पार्टी दर्ता गराउन मात्रै सफल भएको उनको भनाइ छ । ‘बल्लतल्ल हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरायौं । त्यसपछि निर्वाचनमा भाग लिने भयौं,’ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं