Techie IT
  • ४ असोज २०८३, आईतबार
KhojPatrika

विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमितिले सर्म्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा गए पार्टी फुटबाट बचाउन सकिने बताएका छन् ।

त्यस्तो निर्णयले पार्टीलाई एकताबद्ध बनाउने र फुटबाट पनि बचाउने नेता कोइरालाको भनाइ छ । काठमाडौंको विशालनगरस्थितआफ्नो सम्पर्क कार्यालयमा मंगलबार बिहान पुगेका युवा नेताहरूसँगको भेटमा संस्थापनइतर पक्षका नेता कोइरालाले यस्तो बताएका हुन् ।

‘मंसिरमा सम्भव नहुने अवस्थामा पुस अन्त्यसम्ममा भए पनि नियमित अधिवेशनमै जानुपर्छ। तर, हुन सकेन भने के गर्ने ?,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी नेता भुवन भट्टले भने, ‘हुन सकेन भने सेन्ट्रल कमिटीले निर्णय गर्ने, बहुमतको आधारमा होइन । सेन्ट्रल कमिटीको सबै बडीले निर्णय गर्ने, विशेष अधिवेशनमा जाने । त्यसो भए पार्टीलाई एकतावद्ध बनाउन र फुटबाट पनि बचाउन सकिन्छ।’


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्