ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः दाहाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि कुरा गर्दै उहाँले यस्तो दाबी गरेका हुन ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्नुहुने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको बताए ।
उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’ गत कार्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्