नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधवार मध्यान्ह निर्वाचन आयोगले पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।
आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टीका अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन । यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन । पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष समेत रहेका अब्दुल खान छन् । दल दर्ताको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोबले जनताको पक्षमा देश बनाउने योजनासहित आफूहरुले नयाँ राजनीतिक दल दर्ता गरेको बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्